साहस उर्जाको आइपिओ सोलुखुम्बुको स्थानियलाई खुल्यो, क-कसले भर्न पाउने ?

साहस उर्जा लिमिटेडले श्रावन २९ गते देखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुको स्थानीयबासीहरुलाई प्राथमिक निष्काशन (आइपिओ) जारी गर्दै छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। आईपीओ निष्काशन बन्द छिटोमा भदौ ११ गते हुनेछ भने यदि पर्याप्त आवेदन नआएमा भदौ २७ गते सम्म आवेदन मिति लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाका लागि जारी हुने शेयर बाँडफाँडपछि दोस्रो चरणमा ७० करोड मुल्यको ७० लाख कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

कसरी आवेदन दिने ?

आइपिओ आवेदनको लागि तोकिएको संकलन केन्द्रहरु

  1. ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु
  2. नेपाल इन्भेष्टमेन्ट बैंक लुक्ला सोलुखुम्बु
  3. लक्ष्मी बैंक, मुक्ली र नेले शाखा सोलुखुम्बु
  4. माछापुच्छ्रे बैंक, सल्लेरी सोलुखुम्बु
  5. प्राइम कमर्शियल बैंक, रमिते शाखा सोलुखुम्बु बाट आवेदन दिन सकिनेछ।

साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। सी–आस्वा सदस्या बैंक भन्नाले तपाईले जुन बैंकबाट CRN लिनुभएको छ त्यो बैंकमा गएर फारम लिएर भर्नसक्नु हुन्छ।

क-कसले आवेदन दिन पाउने ?

सोलुखुम्बुको आयोजना प्रभावित क्षेत्रलगायत सम्पूर्ण जिल्ला बासीहरुले आइपिओमा आवेदन दिन सक्नेछन।

  1. आवेदकले स्थानीय बासी प्रमाणित हुने कागजात (नागरिकता) सहित हालसालै खिचेको फोटो सहित आवेदक स्वयम्ले दस्तखत गरेको फारम बुझाउनुपर्नेछ।
  2. १६ वर्षभन्दा मुनिका आवेदकको हकमा संरक्षकले जन्मदर्ता सहित आवेदन फारम बुझाउनु पर्नेछ। साथै संरक्षकको नागरिकताको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ।
  3. अन्य जिल्लाबाट सोलुखुम्बु जिल्लामा विवाह भै आएका महिलाहरुको हकमा विवाहदर्ताको प्रतिलिपि पेश गर्नुपर्नेछ।
  4. अन्य जिल्लाबाट बसाई सरि आएका आवेदकको हकमा बसाई सराई प्रमाणपत्र पेश गर्नुपर्नेछ।
  5. एक जनाले एउटा मात्र आवेदन दिनुपर्ने छ अन्यथा सबै आवेदन रद्द हुनेछ।
  6. रु. ५०,००० भन्दा माथिको रकम बराबरको लगानीकर्ताले Account Payee Cheque मार्फत रकम बुझाउनु पर्नेछ।
  7. रु. ५,००,००० वा सो भन्दा बढी रकम बराबरको लगानी गर्ने लगानीकर्ताले अनिवार्य PAN Number उल्लेख गर्नुपर्नेछ।
  8. प्रोमोटर शेयर लिइसकेकाहरुले फेरी स्थानीयमा आवेदन दिन पाउँदैनन ।

कम्पनीको बारेमा

साहस उर्जा कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७० माग १० गते प्राइभेट कम्पनीको रुपमा दर्ता भई २०७१ भदौ २९ गते पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो। कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. १, हात्तीसारमा रहेको छ।  आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र र अन्य भौतिक पूर्वाधारहरु सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिका, सोलुखुम्बु जिल्लामा अवस्थित छ।

कम्पनीले सोलुखुम्बुको सोलु खोलामा  ८६ मेगावाटको सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो निजि क्षेत्रले निर्माण गरिरहेको नेपाल कै ठुलो क्षमताको जलविद्युत योजना हो । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी साढे ३ अर्ब पुग्ने छ ।

बुझ्नु पर्ने कुरा

विद्यमान नियम अनुसार स्थानीयलाई बाँडफाँड भएको शेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बेच्न पाइदैन। यसलाई शेयर बजार भाषामा लकईन पिरियड भनिन्छ। अन्य साधारण शेयर जस्तै नेप्सेमा सुचिकित हुने बितिकै किने बेच गर्न नमिल्ने भएकोले स्थानीयलाई खुलेको आइपिओमा कम्तिमा पनि ३ बर्ष लगानी होल्ड गर्न सक्ने रकम बराबरको शेयर किन्नु पर्दछ।

सकारात्मक पक्ष

  1. आयोजनाबाट प्राप्त हुने आयमा पहिलो १० बर्ष आयकर छुट प्राप्त भएको हुँदा लाभांशको दर बढी रहेको।
  2. सम्पूर्ण संरचना, मेशिन तथा उपकरणहरुको जोखिमलाई न्यूनीकरण गर्न बिमा गरिएको।
  3. कम्पनी संग दक्ष युवा जनशक्ति रहेकोले नेपालमा जलविद्युत आयोजनाको बिकास र निर्माणको काममा सफल रहेको।
  4. आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस [ICRANP – IR] BB+ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

संक्षिप्त प्राविधिक विवरण

Technical Details copy

वित्तीय अवस्था

Sahas Urja Financial Ratio

Sahas Urja

आधिकारिक आव्हान पत्र यता डाउनलोड गर्न सकिने छ

Facebook Comments Box