साम्लिङ् पावर कम्पनीले भदौ १८ गतेदेखि स्थानीयलाई आईपिओ जारी गर्ने

Samling Power Cmpany IPO

साम्लिङ पावर कम्पनीले स्थानीयको लागि भदौ १८ गते देखि आईपिओ जारी गर्ने भएको छ। कम्पनीले स्थानीय उद्योग प्रभावित क्षेत्र (इलाम जिल्ला) का स्थानीय वासिन्दा हरुकोलागि आईपिओ निष्काशन गरेको हो।  यस अघि कोरोनाको कारण स्थानीय आईपिओ स्थगित भएको थियो। आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम २०,००० कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन।

कम्पनीले कुल ५ लाख कित्ता शेयर स्थानीयको लागि छुट्याएको हो। जसमध्ये ३ लाख कित्ता जिल्लाभरिको वासिन्दाहरुको लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता साधारण शेयर आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का वासिन्दाहरुको लागि  छुट्याइएको छ।

Samling Power Company IPO

विस्तृत आह्वान पत्र हेर्नुहोस

Facebook Comments Box